Visitor Count

.

मानिसदेखि तर्सी–तर्सी म भागिरहेछु

डाउनलोड गर्न Download लिंकमा क्लिक गरिसकेपछि खुल्ने पेजमा पुनः Right Click गर्नुहोस् र Save As अप्सन छानी Save गर्नुहोस् ।
  • मानिसदेखि तर्सी–तर्सी, म भागिरहेछु Download
मानिसदेखि तर्सी–तर्सी 
म भागिरहेछु 
मलाई कोही नडाक
राक्षस बनाउन
मानिसदेखि तर्सी–तर्सी

यहाँ सत्य बिक्छ, यहाँ मायाँ बिक्छ 
सबैभन्दा सस्तो यहाँ मानिस बिक्छ 
जगत स्वर्ग पार्छु भनी भन्ने मान्छे 
बालकलाई झुक्याएर विष पिलाउँछ 
कसरी सहुँ अन्याय, धोका यस्तो 
कसरी रहुँ चुपचाप मुर्दाजस्तो 
मानिसदेखि तर्सी–तर्सी... 

घर–घरमा दानवको पूजा गरिन्छ 
मन्दिरमा भगवानको हत्या गरिन्छ 
यहाँ शान्ति ल्याउन जन्मेको मान्छे 
कोलाहल मच्चाई बहुलाईरहन्छ 
कसरी पिऊँ रगत मिसिएको पानी 
कसरी जिऊँ पापलाई पुण्य ठानी
मानिसदेखि तर्सी–तर्सी...

मानिसदेखि तर्सी–तर्सी 
म भागिरहेछु 
मलाई कोही नडाक
राक्षस बनाउन
मानिसदेखि तर्सी–तर्सी...